Logo
Logo

जुम्लामा बस दुर्घटना दुई जनाको मृत्यु


378
Shares

काठमाडौं । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्जका लागि छुटेको ना ख प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका १ घोडेङ्गामा दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलेको छैन । हाल जिल्ला प्रहरी कार्यालय जुम्लाकाको टोली घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्