काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुरको कमल विनायकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले उद्घाटन गरेका हुन् । उद्घाटनपछि नगर प्रमुख प्रजापतिले नगरपालिकालगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए ।
भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोहीअनुसारको व्यवसाय विस्तार गर्नुपर्ने उनको भनाइ थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै जाने बताए । भक्तपुरमा उद्योग वाणिज्य संघलगायत संघ–संस्था तथा व्यवसायीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।
बैंकले हाल ७७ जिल्लामा दुई सय ५६ शाखा, दुई सय ४१ एटिएम र ९८ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।