Logo
Logo

सीपीजी राप्रपामा आउनुहुन्छ भने हामी स्वागत गर्छौँ : लोकेन्द्रबहादुर


4.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भनेर कटाक्ष गरेका थिए । त्यसपछि सम्बोधन गर्दै चन्दले पनि मैनाली पार्टीमा आए स्वागत गर्न तयार रहेको बताएका हुन् ।

उनले सीपी युवा अवस्थामा कम्युनिष्ट भएपनि अहिले आएर ‘कुरा बुझेको’ बताए । उनले प्रचण्ड र सीपी दुवैलाई जोडेर भने, ‘जो युवामा कम्युनिष्ट हुँदैन त्यो मूर्ख हो, जो उमेर घर्केपछि पनि कम्युनिष्ट रहन्छ त्यसले कुरा बुझेको हुँदैन भन्ने भनाइ छ ।’

उनले अहिले भएको परिवर्तन सही नभएको भन्दै अन्यायले न्यालाई दवाएको बताए । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्