Logo
Logo

रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने


3.3k
Shares

काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातान्त्रि पार्टी (राप्रपा)को महाधिवेशनमा महामन्त्री पदमा उम्मेरदवारी दिने भएकी छन् । आसन्न महाधिवेशनमा अभिनेत्री थापाले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने भएकी हुन् ।

उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ। राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ ।

त्यस्तै कमल थापा प्यानलबाट कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै थापा प्यानलबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, विक्रम पाण्डे, जयन्त चन्द, रोशन कार्कीलगायतको नाम चर्चामा छ भने लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सिनाको नाम उपाध्यक्षमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्