Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

राप्रपाको एकता महाधिवेशनदेखि विप्लव नेतृत्वको नेकपा फुटेकोसम्म


567
Shares

हेडलाइन्स्

१. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा सुरु, फेरि पर्टी नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन गरेको अध्यक्षत्रयको दाबी, दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षमा नउठ्ने पशुपतिशम्शेर जबराको भनाइ, दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा डा प्रकाशचन्द्र लोहनी विश्वस्त, यो अन्तिम एकता महाधिवेशन भएको कमल थापाको दाबी, पार्टी नटुक्र्याउन तीनै जना अध्यक्षले गीता छोएर कसम खाएको भनाइ ।

२. नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनवाइ, भएन उत्साहप्रद सुनुवाइ, सर्वोच्चमा संयुक्त नौवटा र एकल दुई गरी ११ वटा इजलास गठन, न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा, न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकियो ।

३. कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत, उपस्थित २२ जना प्रदेशसभा सदस्यमध्ये सबै मत उनकै पक्षमा, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३, कांग्रेसका ६ र राप्रपाका १ जनाले विश्वासको मत दिए, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने सहभागी भएन ।

४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ६ वटा अध्यादेश जारी, मन्त्रिपरिषदको सिफारिसमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन, तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निमयन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी ।


५. नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत ६२ जिल्लामा नयाँ नेतृत्व चयन, नतिजा सार्वजनिक भएको जिल्लामा सभापति शेरबहादुर देउवाको वर्चश्व, कोइराला परिवारको गण मानिएको प्रदेश १ र पौडेलको गृह प्रदेश गण्डकीमा देउवा पक्ष हाबी, लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो, प्रदेश १ र गण्डकीमा कृष्णप्रसाद सिटौला पक्षको पनि जिल्ला नेतृत्व चुनिए, देउवा पक्ष ३३, पौडेल पक्ष २६ र सिटौला पक्ष २ जिल्ला सिमित ।


६. नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फुट्यो, नेकपा (क्रान्तिकारी) घोषणा, कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी)को गठन गरेको प्रचार विभागका प्रमुख अमर गोपालीको भनाइ, विप्लवको नेकपा अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप, । विप्लव पूर्णरुपमा असफल भएको दावी ।


७. कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अपिल, हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीको भनाइ, ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिने, ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउन मन्त्रालयको अनुरोध ।

८. चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि, गत आवको सुरुको चौमासिकमा चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुग्यो, गत आवको पहिलो चौमासिकका तुलनामा चालु आवको निर्यात १०४ दशमलव २९ प्रतिशत बढ्यो, गत आवको पहिलो चौमासिकमा ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात ।

९.लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा, प्रदेश–२ नौ विकेटले पराजित, सुदूरपश्चिम प्रदेशले प्रदेश–१ लाई ६ विकेटले हरायो, सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा, फाइनल खेल्ने सम्भावना बलियो, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङ र राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुबीच छलफल ।

१०. कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटियो, ओमिक्रोन भेरियन्टको कारण जापानले नयाँ आगमन उडान बुकिङ रोक्यो, अमेरिकाको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते, मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह ।

प्रतिक्रिया दिनुहोस्