Logo
Logo

बार प्रतिनिधि र सर्वोच्चका न्यायाधीशबीच छलफल हुँदै


63
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनका प्रतिनिधिबीच छलफल हुने भएको छ । प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशबीच आज छलफल हुन लागेको हो ।

सर्वोच्च बार एशोसिएशनले विज्ञप्ति जारी गर्दै वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका कारण बारले आपत्ति जनाएको हो ।

कायम मुकायम नतोकिएकै कारण बार एशोसिएशनले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगरेपछि अन्य मुद्दाहरुको सुनुवाइ प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्