Logo
Logo

राप्रपाको आर्थिक कार्यपत्र : १५ वर्षभित्र प्रति व्यक्ति आम्दानी तीन हजार डलर पुर्‍याउने लक्ष्य


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् ।

लोहनी संयोजक रहेको आर्थिक कार्यपत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको अर्थ राजनीति र नेपालको विशिष्टताबारे गरेको चिन्तन २१औँ शताब्दीमा निरन्तरतासहितको गतिशीलता कायम गर्दै अगाडी बढ्न उपयुक्त हुन्छ भन्ने ठहर गरेको छ ।

‘पृथ्वीपथ’ नाम दिइएको कार्यपत्रमा भनिएको छ, ‘राज्य र राष्ट्र निर्माण सम्वन्धमा पृथ्वीनारायण शाहले दिएको मार्ग निर्देशन र अभिव्यक्तिलाई देशका तथाकथित वाम र काङ्वुद्धिजिवीहरुले पुरातनवादी भनी आलोचना गर्ने गरेको छन् । यो दृष्टिकोणले व्यवहारिक ज्ञान र त्यसको सैद्धान्तिकरण बीचको फरकलाई नबुझेको तथ्य मात्र देखाउँछ ।’

राज्य र राष्ट्रनिर्माण गर्दै आर्थिक समुन्नतिको बाटोबारे पृथ्वीनारायण शाहका व्यवहारिक अभिव्यक्ति आज २१औँ शताब्दीमा निस्केका राज्य निर्माण र सामाजिक र आर्थिक सम्पन्नताका विभिन्न सिद्धान्तहरुसँग मेल खाने कार्यपत्रमा उल्लेख छ ।

पृथ्वीनारायण शाहले नेपाल निर्माणको क्रममा आफूले पेस गरेका सोचहरू राष्ट्र निर्माणसम्वन्धी आज एक्कासौँ शताब्दीको आधुनिक सिद्धान्तमा आधारित ज्ञानको संरचना अनुकूल रहेको कार्यपत्रमा ठहर गरिएको छ ।

यस्तै १० कक्षा पश्चात् युवा जनशक्तिलाई रोजगारीको साथै काममा तालिम दिने उद्योगहरूलाई विशेष सहुलियत प्रदान गर्ने र यसबाट कलेज नजाने जनशक्तिलाई उद्योगमा रोजगारीको नयाँ वातावरण बन्ने कार्यपत्रमा दावी गरिएको छ ।

साथै, मानव विकास सूचकांकको जुनसुकै तहमा रहेको जातीय समूहभित्र पनि चरम आर्थिक विपन्नतामा परेका परिवारलाई नगद सहायता लगायत विशेष सहुलियत प्रदान गरिने बताइएको छ । पार्टीले आउँदो १५ वर्षभित्र नेपालको प्रति व्यक्ति आम्दानी ३००० डलर पु¥याउनु हाम्रो बृहत् आर्थिक लक्ष्य हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्