Logo
Logo

प्रधानन्यायाधीशलाई बिदामा बस्न सत्तारुढ गठबन्धनको सुझाव


2.3k
Shares

काठमाडौं । सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बिदामा बस्न सुझाव दिएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले कार्यवाहक तोकेर बिदामा बस्न राणालाई सुझाएको हो ।

६४ वर्षीय जबरा कोरोनाभाइरस संक्रमित भएर अहिले काठमाडौंको बलम्बुस्थित सशस्त प्रहरी बलको अस्पतालमा उपचाररत रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अनुसार प्रधानन्यायाधिश बिरामी भएकाले अर्को व्यक्तिलाई कार्यवाहक तोकेर न्यायालयका कामलाई अगाडि बढाउन उचित हुने पाँच दलीइ गठबन्धनको ठहर छ ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेललगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्