Logo
Logo

ओलीले आज पदबहाली गर्दै


3.2k
Shares

काठमाडौं । नेकपा एमालेको चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीको आज पदबहाली गरिँदैछ ।

ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको एमालेका नेता शेरबहादुर तामाङले जानकारी दिए ।

नेता भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्