Logo
Logo

म्यूजिक खबर म्युजिक अवार्ड : उत्कृष्ट पाँचमा परेका कलाकारलाई प्रमाणपत्र


441
Shares

काठमाडौं । नवौँ म्यूजिक खबर म्यूजिक अवार्ड–२०२१ का लागि मनोनयनमा परेका उत्कृष्ट पाँच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनद्वारा आयोजित म्यूजिक खबर म्यूजिक अवार्डमा ४२ विधाका उत्कृष्ट पाँचमा परेका कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो ।


अवार्डका लागि राष्ट्रिय भावको गीत, पपगीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलबाट उत्कृष्ट पाँच मनोनय गरिएको छ ।

कार्यक्रमका प्रमु्ख अतिथि पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सम्पूर्ण कलाकारहरुको सम्मानमा सहभागी हुन पाएकोमा गौरवान्वित भएको बताए । सम्पूर्ण मनोनयनमा परेका कलाकारलाई बधाई तथा शुभकामना दिँदै पूर्वमन्त्री ढकालले म्यूजिक खबरले आयोजना कलाकारको सम्मान कार्यक्रममा आफू सदैव साथ र सहयोग दिने बताए । कार्यक्रम आगामी पुसा ११ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्