Logo
Logo

‘अबको केही महिनामै स्थानीय निर्वाचन’


5.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनामै स्थानीय तहको चुनाव हुने बताएका छन् । शुक्रबार प्रदेश १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिस समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेश चुनावमा जाने भएकाले तयारी गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले भने, ‘अब केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौँ । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौँ । त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ ।’

मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै उनले प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्