Logo
Logo

न्यायाधीशहरु नियमित इजलासमा फर्किए


1.6k
Shares

काठमाडौं । झण्डै डेढ महिनापछि सर्वोच्च अदालतमा अदालतमा न्यायाधीशहरुले मुद्दा सुनुवाइ सुरु गरेका छन् । गत कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका न्यायाधीश र कानून व्यवसायीहरु दुवै शुक्रबारबाट इजलासमा फर्किएका हुन् ।

गोला प्रक्रियाबाट इजलास तोकिँदा पनि कामु प्रधानन्यायाधीशको विवाद झिकेर बसेका न्यायाधीश र कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएसँगै शुक्रबारदेखि इजलासमा फर्किएका छन् ।

कोरोना संक्रमण र निमोनियाका कारण प्रधानन्यायाधीश जबरा चार दिनअघि एपीएफ अस्पताल भर्ना भएका थिए । प्रधानन्यायाधीश जबराले कसैलाई कायममुकायम जिम्मेवारी नदिएपनि शुक्रबार समयमै इजलास गठन र पेसी तोकिएको हो ।

नेपाल बार र सर्वाेच्च बारका अध्यक्षले प्रधानन्यायाधीश बिना इजलास नबस्न न्यायाधीशहरुलाई आग्रह गरेपछि बिहीबार सुनुवाइ प्रभावित भएको थियो । तर, शुक्रबार प्रधानन्यायाधीशले कायममुकायम नदिई निवास गए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले यसअघि कायममुकायम नतोकेको अवस्थामा कसरी अगाडि बढ्ने भनेर न्यायाधीशहरुसँग छलफल गरेका थिए ।

प्रधानन्यायाधीश जबराले आफूले कायममुकायम अधिकार नदिने र शुक्रबार अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किने जवाफ दिएका थिए । प्रधानन्यायाधीश फर्किने भएपछि न्यायाधीशहरु शुक्रबार गोलाप्रथाबाट इजलास गठन र पेसी तोक्ने प्रक्रियामा सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्