Logo
Logo
राप्रपा महाधिवेशन

उम्मेदवारी दर्तामै थापा र लिङ्देनको प्रतिस्पर्धा


3.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वर्तमान अध्यक्ष कमल थापाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार दलबलसहित पुगेर अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्दनले पनि शुक्रबार नै उम्मेदवारी दर्ता गरेका छन् । लिङ्देन पनि उम्मेदवारी दर्ता गर्न बाजागाजासहित राष्ट्रिय सभागृहमा पुगेका थिए ।

अध्यक्षका लागि कडा प्रतिस्पर्धा देखिएका थापा र लिङ्देनले उम्मेदवारी दर्तामा समेत दलबल प्रदर्शनको प्रतिस्पर्धा गरेका छन् ।

राप्रपाको नेतृत्वका लागि थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशनअन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्