Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

कांग्रेस प्रदेश समिति नेतृत्वको लागि आज मतदान, कहाँ कस्तो छ प्रतिस्पर्धा ?


1.7k
Shares


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन सम्पन्न भएको छ । प्रदेशको चुनावका लागि प्रदेश २ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

विभिन्न समूहले आफ्नो अनुकूल हुने गरी प्रदेश नेतृत्वको लागि सहकार्य गरेका छन् । संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

कहाँ कस्तो छ प्रतिस्पर्धा ?
प्रदेश १ मा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला प्यानलसहित प्रतिस्पर्धामा छन् ।् सभापतिका लागि गुरु घिमिरे र उद्धब थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर संस्थापन पक्षबाट छन् भने इतरपक्षबाट कैलालीका पूर्व जिविस सभापति नारायणदत्त मिश्र प्रतिस्पर्धामा छन् ।

त्यस्तै गण्डकी प्रदेश कार्यसमितिका लागि ५१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षले प्यानलसहित उम्मेदवार बनाएका छन् । सभापतिका लागि अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् ।

त्यसतै बागमती प्रदेशको हेटौंडामा जारी अधिवेशनमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिएका छन् । नेता सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारको मनोनयन दर्ता गराएका छ । वरिष्ठ नेता पौडेल पक्षबाट जगदिश्वर नरसिंह केसीले पनि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै लुम्बिनीमा देउवा पक्षका भरत शाहले गैर संस्थापनका अमरसिंह पुनसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्