Logo
Logo

कांग्रेस सुदूरपश्चिम प्रदेशको मतदान जारी, बलायर र मिश्रबीच कडा प्रतिस्पर्धा


504
Shares

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको अधिवेशनमा आज मतदान भइरहेको छ । शनिबार बिहान १० बजेबाट धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा सुरु भएको मतदान अहिले जारी छ ।

सर्वसम्मतमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि चुनाव गरिएको हो । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् ।

बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ । बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् ।

महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीले उम्मेदवारी परेको छ । सहमहामन्त्री पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी (कुँवर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्