Logo
Logo
राप्रपा महाधिवेशन

नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धा गर्दैछन् ।

महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको बिद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । राप्रपाको ४ हजार ३ सय ८० प्रतिनिधि रहेको छ ।

राप्रपाको खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादवले उम्मेद्वारी दिनुभएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ । महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेनाको उम्मेद्वारी परेको छ भने महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवारी परेको छ । निर्वाचनको अन्तिम परिणाम आइतबार बिहानसम्म आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्