Logo
Logo

प्रतिनिधिको नामावली प्राप्त नहुँदा प्रदेश २ को कांग्रेस अधिवेशन प्रभावित


504
Shares

धनुषा । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन शनिबार पनि स्थगित भएको छ । प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिको नामावाली प्राप्त नहुँदा शनिबार हुने भनिएको अधिवेशन स्थगित गरिएको निर्वाचन समिति सदस्य अरुण यादवले बताए

उनका अनुसार सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहरूको नामावली आउन सकेको छैन ।

त्यस्तै, र्लाहीमा अहिलेसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन । निर्वाचन टोलीले त्यहाँ पुगेर निर्वाचनको वातावरण बनाइसकेको र आइतबारसम्ममा जिल्लाका सबै तहका अधिवेशन सम्पन्न हुने सम्भावना रहेको निर्वाचन समिति सदस्य यादवले बताए ।

रौतहट अन्य सबै क्षेत्रमा अधिवेशन सम्पन्न भएपनि क्षेत्र नम्बर ४ का प्रतिधिनिको नामावली शनिबार १२ बजेसम्मसम्म पनि प्राप्त भएको छैन । शनिबार रातीसम्म सर्लाहीबाहेक सबै जिल्लाका नामावली प्राप्त हुने यादवको भनाइ छ । उनले भने, ‘२० मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुे भएकोले आइतबारदेखि मनोयन दर्ता सुरु हुनेछ ।’

प्रदेश अविधेशनमा शेरबहादुर देउवा समूहबाट रौतहट सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र सशंका कोइराला समूहको आफ्नो समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्