Logo
Logo

‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दलहरुको सहमतिको आधारमा हुन्छ’


2.4k
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीचको सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

शनिबार चितवनमा सुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको बताउँदै गठबन्धनको भविष्यबारे ढुक्क हुन समेत आह्वान गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो ।’ उनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा आएको बताउँदै त्यो दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्