Logo
Logo

कमल थापालाई पशुपति शम्शेरको साथ


1.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका छन् ।

आफूले राजेन्द्र लिङ्दनेलाई समर्थन गरेको प्रचार गरिएकोको आपत्ति प्रकट गर्दै उनले आफू काँचो तेतृत्वको पक्षमा नरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो, यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु ।’

भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशन अन्तर्गत अहिले मतदान भइरहेको छ । मतदान बेलुकी १० बजेसम्म सकिने निर्वाचन समितिले जनाएको छ ।

राप्रपाको नेतृत्व लिन पूर्वअध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्