Logo
Logo

ओमिक्रोनदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनको सुझाव


1.1k
Shares

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट नआत्तिन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था गत वर्ष भन्दा अवस्था फरक रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने बताइन् ।

अझै पनि धेरै संख्यामा उत्परिवर्तित भएको यो भेरियन्ट संक्रामक छ वा छैन भन्ने स्पष्ट भइ सकेको छैन । अहिलेसम्म यो ओमिक्रोन ४० देशमा फैलिसकेको बताइएको छ ।

रोयटर्स नेक्स्ट कन्फरेन्समा बोल्दै डा स्वामीनाथनले यो भेरियन्ट अत्यन्तै संक्रामक रहेको बताइन् । उनले यो भाइरसको प्रभाव विश्वभर पार्न सक्ने बताउँदै पूर्वअनुमान गर्न कठिन रहेको उल्लेख गरिन् ।

‘हामी कति चिन्तित हुनुपर्छ, हामी सतर्क र रहनुपर्छ, आत्तिनुभएन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं, ’ उनले भनिन् ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले उपलब्ध भएको कोभिड विरुद्धका खोपहरु निकै प्रभावकारी रहेको र सबैतिर व्यापक रुपमा खोप वितरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्