Logo
Logo

२३८ संक्रमित थपिए, पाँच जनाको मृत्यु


126
Shares

काठमाडौं । नेपालमा शनिबार २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय ९५ पिसिआर परिक्षणका क्रममा २ सय २० जना र १ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १७ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४० जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार १ सय ८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ६ हजार ७ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्