Logo
Logo

ओलीको मुर्खताले संघीयता नै खतरामा परेको थियो : बाबुराम


882
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको पुनसंरचनाको विषयलाई आफुले नछाडेको बताएका छन् ।
शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा भट्टराईले यसअघि आफुहरुले भन्दै आएको जातिय र सामथ्र्यका आधारमा राज्यको पुनसंरचनाको विषयलाई नछाडेको बताएका छन् ।

आफूहरुले राखेको विषयलाई संसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाई नपुग्ने भएकाले अवको निर्वाचनको परिणामपछि आफ्ना मुद्धालाई स्थापीत गर्न लाग्ने उनले बताए ।

भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफूहरु एकजुट भएको र केहि उपलव्धी जोगाउन सरकारमा सहभागी भएको बताए ।

उनले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्