Logo
Logo

काठ तस्करी नियन्त्रणमा असफल बन्दै सम्बन्धित निकाय


1k
Shares

काठमाडौं । साँझ पर्ने बेलादेखि अबेर राति र बिहान घाम नचर्किंदासम्म रौतहटको वनबाट साइकलमा काठ र दाउरा ओसार्नेको लर्को देखिन्छ । कतिपयले त मोटरसाइकलमा पनि काठ र दाउरा ओसारिरहेका देखिन्छन् ।

चार–पाँच फिटसम्म लामो, आलोकाँचो र मोटो–पातलो सबै किसिमको काममा प्रयोगमा ल्याउन सकिने काठ तथा दाउराको ओसारपसार निरन्तर भइरहँदा सम्बन्धित निकाय मौन बसेको छ । गस्तीको नाउँमा एक दुई पटक सवारी साधनमा हिँडेको जस्तो गर्ने तर तस्करहरुले दाउरा र दाउराको नाउँमा काठ नै ओसारिरहँदा रोक्ने छेक्ने तथा सोधखोज गर्ने कोही पनि नदेखिँदा काठको तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको हो ।

जंगल क्षेत्रका अधिकांश गाउँको यही अवस्था रहेको छ । अबेर साँझ र बिहान पनि जंगलबाट बाहिर निस्कने करिब सबै बाटोमा काठ र दाउरा ओसार्नेको निर्वाध लस्करले सम्बन्धित निकायको असफलतालाई दर्शाइरहेको हुन्छ ।

केही हप्ता पहिले कटहरिया नगरपालिका १ मा तीन ओटा साइकलमा चार थान सालको गोलिया प्रहरीले बरामद गरेको थियो । कटहरियाको कुनै पनि वडा रौतहटको वनसित जोडिएको छैन । कटहरियासम्म वनको काठ आइपुग्दा सम्बन्धित निकायले भेउसम्म नपाउनु आफैँमा आश्चर्य रहेको छ । गस्तीमा रहेको प्रहरीलाई देखेपछि साइकलका काठ तस्करहरु फरार भएका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्