Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


882
Shares

काठमाडौं । नेपालमा हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद (JAWAD) कमजोर भैई निम्न चापिय प्रणाली (Depression)  को रुपमा रहेको । साथै नेपालको पुर्वी भुभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने रहेको भन्दै महाशाखाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्