Logo
Logo

हिमानी शाहमाथि कमल थापाको आक्रोश


10.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले हिमान शाहमाथि पनि आक्रोश पोखेका छन् ।

आइतबार बिहानै पूर्वाराजा शाहलाई लक्षित गर्दै आफ्नो पराजयको मुख्य दोष थोपरेका थापाले समाजिक सञ्जालमार्फत हिमानमाथि आक्रोश पोखेका हुन् । शाहले राप्रपामा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापा आक्रोशित बनेका हुन् ।

उनले हिमानीले लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा जवाफसहित रिट्विट गर्दै भनेका छन्, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’

हिमानी शाह नामको उक्त ह्यान्डलबाट लिङ्देनलाई बधाई तथा कार्यसफलताको शुभकामना दिइएको थियो।

ट्विटमा भनिएको थियो– ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’

प्रतिक्रिया दिनुहोस्