Logo
Logo

अटो दुर्घटनामा परि दुई जनाको मृत्यु


नन्दा थापा

945
Shares

बाजुरा । बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिकाका पुर्ब शिक्षक खगेन्द्र पाध्याय र एक जना प्रकाश नेपाली रहेका छन् ।

अटोमा सवार ४ मध्ये दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साउदले जानकारी दिएका छन् । दुई जनाको अबस्था भने सामान्य रहेको उनको भनाई रहेको छ ।

अटो रिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय फरार रहेको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडी देखि जडाङगा तिर जादै गरेको अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्