Logo
Logo

बागमतीको कांग्रेस सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी


1.8k
Shares

मकवानपुर । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट उनले एक हजार ८५ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए । केसीले भने ८७७ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्