Logo
Logo

नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि


3.3k
Shares

काठमाडौं । नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसबारे जानकारी दिन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको बताइएको छ ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्