Logo
Logo

नेतृ आङ सान सुचीलाई ४ वर्ष जेल सजाय


एजेन्सी

882
Shares

म्यान्मार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा दोषी पाइएपछि उनलाई जेल सजाय सुनाइएको सैनिक सरकारले जनाएको छ ।

म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन बाँकी छ । सेनाले चाहेअनुसार अदालतले फैसला गरेमा सुचीलाई अझ लामो जेल सजाय हुन सक्ने बताइएको छ ।

७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप समेत लगाइएको बीबीसीले जनाएको छ । तर, सुचीले भने निरन्तर आफूमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएकी छन् ।

गत फेबु्रअरीमा सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि उनलाई नजरबन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्