Logo
Logo

आफ्ना गुटका पत्रकारलाई देउवाले भने, ‘सभापतिमा उठ्दैछु, सहयोग गर्नुहोला’


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना गुटका पत्रकारसँग छलफल गरेका छन् । देउवाले आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने विषयमा छलफल गर्न अन्तरक्रिया गरेका हुन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बन्द्री सिग्देल गुटका पत्रकारसँग अन्तक्र्रिया गरे । सिग्देल, सुरेश आचार्य र समिरजंग शाहको संयोजनमा सभापतिमा दोहोरिने योजनामा रहेका देउवालाई सहयोग गर्न बालुवाटारमा पत्रकारलाई बोलाइएको जनाइएको छ ।

सिग्देल गुटका पत्रकारसँग देउवाले आफू सभापतिका दोहोरिन चाहेको बताउँदै सहयोगका लागि आग्रह गरे । उनले भने, ‘यसपटक फेरि सभापतिमा उठ्दैछु, तपाइँहरुले सहयोग गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्