Logo
Logo

आर्थिक एजेण्डामा सबै दलको समान दृष्टिकोण आवश्यक : चन्द्र ढकाल


504
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रुत गतिमा पुनरुत्थान गर्न सबै राजनीतिक दलको समान धारणा आवश्यक पर्ने बताएका हुन् ।

‘अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ रोकिन दिनुहुन्न । सबै मिलेर यसलाई दु्रत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसका लागि सबै राजनीतिक दलको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ,’ उनको धारणा थियो ।

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै उनले अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको समेत धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्