Logo
Logo

नेपाल वायुसेवा निगमलाई खतराजन्य पदार्थ बोक्ने अनुमति


756
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले खतरायुक्त सामग्री ढुवानीका लागि नेपाल वायुसेवा निगमलाई अनुमति दिएको छ ।

निगमले आफ्नो नियमित उडानमै ब्याट्री, रेडियोलोजीसँग सम्बन्धित उपकरण लगायत संवेदनशीलको सूचीमा राखिएका सामग्री पनि ओसारपसार गर्न सक्ने जनाएको छ ।

राष्ट्रिय ध्वजावाहक वायुसेवामार्फत यस किसिमका सामान ढुवानी गर्दा व्यवसायीलाई सहज हुनुका साथै सरकारलाई बुझाउने राजस्व पनि तीन गुणाले वृद्धि हुने अनुमान रहेको पर्यटन मन्त्री प्रेम बहादुर आलेले बताए ।

उनले भने, ‘व्यवसायीले मगाएका समान सिधै आउन सक्छ, यात्रु नहुँदा पनि यी सामग्री ल्याउन पाउने भएका छौं । यसले निगमलाई माथि उठाउन थोरै भएपनि मद्दत पुग्नेछ ।’

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)ले मानव स्वास्थ्य तथा शुरक्षालाई असर पुर्‍याउने ९ प्रकार (ज्वलशील ग्यास, तरल पदार्थ, ठोस पदार्थ, अक्सीडाइजिङ, विषाक्त तथा संक्रामक, रेडियोधर्मी लगायत) का खतराजन्य पदार्थको वर्गिकरण गरेको छ ।

यीमध्ये निगमलाई हाल मेडिकलतर्फ एक्स–रे मेशिनसँग सम्बन्धित रेडियो फर्मास्युटीकल सामान र ल्यापटप, मोबाइलमा प्रयोग हुने लिथियम–आयन ब्याट्री लगायत खतराजन्य पदार्थ (आयत निर्यातको मात्रै अनुमति प्रदान गरिएको हो ।

६ वर्षको प्रयासपछि निगमको जहाजले यस प्रकारको कार्गो उडानका लागि अनुमति पाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्