Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


1k
Shares

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल पहाडी भू-भागमा आंशिक बदली रही देशका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बांकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भु-भागको एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै रातीको समयमा प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । यस्तै अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्