Logo
Logo

विभिन्न देशका राजनीतिक दललाई महाधिवेशनमा सहभागी हुन कांग्रेसद्धारा पत्राचार


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई पत्राचार गरेको छ । कांग्रेसले मंसिर २४ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको पार्टीको महाधिवेशनमा शुभकामना दिनका लागि भारतीय जनता पार्टी, कांग्रेस आई, चिनियाँ कम्युनिष्ट पार्टी लगायत अन्य देशका राजनीतिक दललाई पत्राचार गरेको हो ।

भारतबाट प्रतिनिधिहरु सहभागी हुने भएपनि कोरोनाको नयाँ भेरियन्टका कारण चीनका प्रतिनिधि नआउन सक्ने सम्भावना रहेको नेता डा. प्रकाश शरण महतले जानकारी दिए ।

महाधिवेशनमा विदेशी पाहुन स्वागत तथा व्यवस्थापन समितिका प्रमुख महतले आफूहरुले विभिन्न देशका राजनीतिक दलहरुसँग निरन्तर सम्पर्क गरिरहेको जानकारी दिए ।

कांग्रेसले मंसिर २४–२६ मा काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउँने क्रम समेत सुरु भएको भएको छ । साथै बिभिन्न पदका आकांक्षले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

कांग्रेसभित्र अध्यक्षका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला, कल्याण गुरुङ, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा. शेखर कोइराला, लगायतका नेताहरु प्रतिपस्र्धाका लागि आन्तरिक तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्