Logo
Logo

राणामाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै वार टोलीले ओलीलाई ज्ञापनपत्र बुझाउदै


630
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो । बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर ज्ञापनपत्र बुझाउने तयारी रहेको छ ।

ज्ञापनपत्र बुझाउन नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने उनले बताए । यसअघि बारको टोलीले अन्य राजनीतिक दलका नेताहरुलाई भेटेर राणालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापनपत्र बुझाइसकेका छन् ।

प्रधानन्यायाधीश राणाका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत राणाको राजीनामा माग्दै आएका थिए ।

तर राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले प्रक्रिया विपरित राजीनामा नगर्ने अडान अघि सारेपछि उनीमाथि महाअभियोग लगाएर भएपनि हटाउनुपर्ने माग नेपाल बारले गर्दै आएको छ ।

कानुन व्यवसायीहरुको माग अनुसार सत्ता गठबन्धनमा समेत महाअभियोगबारे अनौपचारिक छलफल भएपनि ठोस निर्णय भने भैसकेको छैन ।

प्रमुख प्रतिपक्ष दल एमाले भने प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने मागको विपक्षमा छ । यदि सत्तारुढ गठबन्धनले राणामाथि महाअभियोग लगाए संसद पुर्नस्थापना गर्न आदेश दिने अन्य न्यायाधीशमाथि पनि महाअभियोग लगाउनुपर्ने एमाले अध्यक्ष ओलीको भनाई सार्वजनिक हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्