Logo
Logo

कानुन व्यवसायीलाई ओलीले भने- प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन


504
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउन सहयोग माग्न आफ्नै निवास बालकोटमा आएका नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।

कानुन व्यवसायीहरुलाई उनले भने, ‘तपाईंहरुको कुरा थुप्रै जायज छ तर प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’

उनले न्यायपालिका निष्पक्ष नभएको भन्दै त्यसका लागि पनि आवाज उठाउनुपर्ने बताए । उनले भने, ‘सैद्धान्तिक रुपमा तपाईंहरुको कुरासँग असहमति जनाउनुपर्ने कुरा छैन । न्याय प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो । त्यो दिने थलो भनेको सर्वोच्च अदालत हो । संविधान र कानुनअनुसार न्याय दिनुपर्छ, त्यसका लागि उ स्वच्छ र निष्पक्ष हुनुपर्दछ ।’

ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताए । न्यायालय निष्पक्ष नहुँदा र त्यहाँ न्यायिक मन नहुँदा अहिलेको स्थिति आएको ओलीको भनाइ छ । ‘हामीले स्वतन्त्र न्यायलयको निकै कुरा गर्‍यौं, तर त्यहाँ निष्पक्ष, न्यायीक मन भएन भने अहिलेको अवस्था आयो। केही भन्न बोल्न नपाइने भएपछि अहिलेको स्थिति आयो ।’

प्रतिक्रिया दिनुहोस्