Logo
Logo

ममाथि राजनीतिक हिंसा भयो : गुरु घिमिरे


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन् ।

आज (मंगलबार) प्रकाशमान सिंह निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश १ मा सत्ताको चरम दुरुपयोग भएको बताएका हुन् ।

नेता घिमिरेले पार्टीको अन्तरिक चुनावमा जित हार स्वभाविक भएको बताए । तर प्रदेश १ को चुनाव मुल्य मान्यताको राजनीतिको स्खलनको जिवन्त दृष्टान्त भएको उनको भनाइ थियो ।

‘पार्टीभित्रको निर्वाचनमा हुने जित–हारलाई हामीले सहजरुपमा स्वीकार्ने गरेका छौं । म पनि राजनीतिमा खेल भावनाअनुसार चल्नुपर्छ भन्ने भावना राख्छु’, उनले भने, ‘तर, प्रदेश १ को परिदृश्य फरक देखिएको छ । मूल्य स्खलनको चरम दृष्टान्त हो । सत्ताको चरम दुरुपयोग गरियो ।’

प्रदेश १ को सभापतिमा चुनाव लडेका उनी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका थिए । घिमिरे रामचन्द्र पौडेल समूहका उम्मेदवार थिए ।

दुई भोटले हारेपछि उनले पुनः मतगणना गर्न समेत माग गरेका छन् । त्यसका लागि आफूले प्रदेश निर्वाचन समितिमा निवेदन समेत दिएको, तर केन्द्रले आलटाल गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्