Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

देउवा र पौडेल समूह ‘प्यानल’ घोषणा गरेर प्रतिस्पर्धा गर्दै


2.9k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।

आज बिहान देउवाले निजी निवास बूढानीलकण्ठमा बोलाएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल भएको नेताहरुले बताएका छन् । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन् । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुँदैछ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

यसैगरी आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्न लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । सो समूहका नेताहरुले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्