Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)


1.6k
Shares


काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । महाधिवेशन सुरु हुन दुई दिनअघि बुधबार पार्टिको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । त्यसका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधि तथा पाहुनाका लागि बन्दोबस्तीको तयारी समेत गरिसकेको छ ।

बुधबार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेपनि सर्लाहीको सूचीमा समावेश छैन । सर्लाहीमा प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन नै बाँकी नै रहेकाले समावेश नगरिएको कांग्रेसले जनाएको छ । पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्