Logo
Logo

नेता पौडेल र सिटौलाबीच के छलफल भयो ?


3.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

बुधबार बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफल छाडेर निस्किएपछि पौडेलले सिटौलालाई भेटेका हुन् । उनीहरुबीच सिटौला निवासमै छलफल भएको छ ।

छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेको बताइएको छ । तर सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको स्रोतको भनाइ छ ।

पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्