Logo
Logo

महामन्त्रीमा देउवा पक्षबाट तीन जनाको दाबी


2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा शेरबहादुर पक्षबाट तीन जनाले महामन्त्रीमा दाबी गरेका छन् । देउवा समूहबाट बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीको दाबी गरेका हुन् ।

आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोज्दै बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले आफूनिकट नेताहरूसँगको छलफल गरिरेका छन् ।

उक्त छलफलमा उनीहरुले महामन्त्रीमा दाबी गरेका हुन् । उनले कुन पदमा उठ्न चाहनुहुन्छ भनेर सोध्दा उनीहरुले महामन्त्रीमा दाबी गरेका हुन् ।

त्यस्तै सहमहामन्त्रीमा दर्जन बढीले दाबी गरेका छन् । कांग्रेस विधानमा आठजना सहमहामन्त्रीको व्यवस्था भएकाले धेरै जनाले उम्मेदवारको आकांक्षा गरेका छन् ।

देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि सह(महामन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । विभिन्न समूहबाट सह(महामन्त्रीमा ८ जना निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्