Logo
Logo

‘महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ’


882
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रप् श्रेष्ठले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले सङ्गठित तथा असङ्गठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताए । रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकाले उनीहरूका समस्या सम्बोधन गरिने बताए ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्