Logo
Logo

पौडेल समूहमा टुंगो लागेन सभापतिको साझा उम्मेदवार


1.7k
Shares

काठमाडौं । सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार टुंग्याउन बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अडान लिएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ ।

छलफलमा संस्थापन इतरपक्षका सभापतिका उम्मेदवारका आकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा।शेखर कोइराला र डा।शशांक कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्