Logo
Logo

समाज कल्याणको उपाध्यक्षमा मन्त्रीकी बुहारी


9.9k
Shares

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नै बुहारी मोनिका भट्टराईलाई समाज कल्याण परिषद्मा उपाध्यक्ष नियुक्त गरेपछि आलोचना सुरु भएको छ । साताअघि कांग्रेसनिकट लोकतान्त्रिक गैरसरकारी संस्थाहरूको महासंघले मन्त्री रेग्मीलाई भेटेर आफ्नै बुहारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्नु अशोभनीय र स्वार्थपूर्ण काम भएको भन्दै ज्ञापनपत्र नै बुझाएको थियो ।

मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘सुशासन ऐनको दफा ६, ८ र १८ ले सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने व्यक्तिले परिवारका सदस्यलाई सार्वजनिक पदमा नियुक्त गर्ने कुरालाई सार्वजनिक उत्तरदायित्व पूरा गरेको मानिँदैन ।’ महासंघले बुझाएको ज्ञापनपत्रमा नियुक्ति अशोभनीय, सुशासन ऐनको भावना तथा सर्तविपरीत र लोकतान्त्रिक पद्धति प्रतिकूल रहेको उल्लेख छ ।

महासंघका महासचिव मनोजकुमार कँडेलले मन्त्रीले व्यक्तिगत स्वार्थमा परेर बुहारीलाई नियुक्ति गरेकाले विरोध जनाएको बताए । उनले भने, ‘निर्णय सच्याउन भनेका छौं । यस्तो नियुक्ति फिर्ता नगरे हामीले देशव्यापी विरोध कार्यक्रम गर्ने कुरा विज्ञप्तिमार्फत बताएका छौं ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्