Logo
Logo

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित


630
Shares

काठमाडौं । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई हिजोको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीका रुपमा ओलाफको उदय भएको छ ।

German Chancellor Olaf Scholz takes the oath from President of the Bundestag (lower house of parliament) Baerbel Bas during a session at the Bundestag (lower house of parliament) in Berlin on December 8, 2021 to swear in the country’s next Chancellor. – Members of the parliament elected Olaf Scholz, ushering in a new political era with the centre-left in charge. Together with the Greens and the liberal Free Democrats, Scholz’s SPD managed in a far shorter time than expected to forge a coalition that aspires to make Germany greener and fairer. (Photo by John MACDOUGALL / AFP) / ALTERNATIVE CROP

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गएको हप्ता ग्रिन्स एण्ड लिबरल फ्रि डेमोक्रेट एफडीपीसँग गठबन्धन गरेकाले ओलाफ चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । उहाँ चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म श्रम मन्त्री तथा सन् २०१५ मा अर्थमन्त्री भएका हुन् ।

यसअघि मर्केल झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर बने । यो । सन् २००५ मा उनी जर्मनीको पहिलो महिला चान्सलर बन्नुभएको थियो । त्यसपछि उनले चार कार्यकाल समहालेका थिए । सन् १९५४ मा पश्चिम जर्मनीको ह्यामवर्गमा जन्मेकी मर्केल चान्सलर हुँदा विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा उनीलाई राखिदै आएको छ । एन्जेला मर्केललाई फोर्ब्स पत्रिकाले १० वर्षसम्म विश्वको सबैभन्दा शक्तिशाली महिला घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्