Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन मंसिर २४ गते (भोली)बाट सुरु हुँदैछ । कांंग्रेस महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा सुरु हुनेछ । कांग्रेसले महाधिवशेनबाट नयाँ नेतृत्व चयन गर्दैछ ।

आयोगले महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन र मतगणनासम्मको समय तालिका सार्वजनिक पनि गरिसकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २०७८ मंसिर २४ गते बिहान १० बजेको समय तोकिएको छ ।

त्यस्तै उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझ मंसिर २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म समय रहेको छ ।

दाबी विरोध उपर निर्णय भने मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म हुने कार्यतालिका छ । त्यस्तै उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार) मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म हुनेछ ।

त्यस्तै मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भने मंसिर २६ गते बिहान ११ बजेसम्मलाई तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने मंसिर २६ गते दिउँसो १२स्१५ बजे हुनेछ । मतदान भने मंसिर २७ गते बिहान ८ हुने कार्यतालिकामा उल्लेख छ ।

सभापति पदको मतगणना भने मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ ।

उक्त निर्वाचनसम्बन्धि थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने कांग्रेसले जनाएको छ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिने जनाइएको छ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्