Logo
Logo

सहमति नभए प्रजातान्त्रिक प्रतिस्पर्धामा जान्छौँ : देउवा


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । १४औंँ महाधिवेशन सभापतिमा पुनः दावी गर्दै आएका देउवाले सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रिया (चुनाव)बाट प्रतिस्पर्धामा जाने बताए ।

बिहीबार डा. प्रकाशहरण महतले लेखेको पुस्तक नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक सार्वजनिक गर्दै देउवाले प्रतिस्पर्धाबाट हुने हार–जीतलाई स्वाभाविक रुपमा लिर्नुपर्ने बताए ।

उनले भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौँ । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ । यसलाई सामान्य प्रक्रिया मानेर कुनैपनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस् ।’

प्रधानमन्त्री देउवाले महाधिवेशनमा भाग सहभागी हुन उत्साहपूर्वक काठमाडौं आएका नेता–कार्यकर्तालाई उस्तै उत्साह बोेकेर जिल्ला फर्किने बताए ।

१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै उनले भने, ‘यसलाई सफल पारेर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’

प्रधानमन्त्री देउवाले कांग्रेस सहमहामन्त्री डा. महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ पुस्तक नेपाली त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रुप हो ।

प्रतिक्रिया दिनुहोस्