Logo
Logo

सभापतिका दाबेदार शेखर कोइरालाले सुरु गरे प्रचार


1.4k
Shares

काठमाडौं । १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रचार सुरु गरेका छन् ।

कांग्रेसको संस्थापन इतर पक्षमा रहेका कोइरालाले सामाजिक सञ्जालबाट प्रचार सुरु गरेका हुन् । उनले बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

इतर पक्षबाट शेखरसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंह सभापतिका आकांक्षी छन् । इतर पक्षका नेताहरुबीच सभापतिमा साझा उम्मेदवार तय गर्न भन्दै सहमतिका लागि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्