Logo
Logo

६० वर्षमाथिकालाई कोरोनाविरुद्ध थप डोज


2k
Shares

काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मबाट उत्पादित कोभिड १९ विरुद्धको खोप भेरोसेल लगाएका ६० वर्षमाथिका नागरिकमा एन्टिबडी कमजोर भएको पाइएपछि उनीहरूलाई थप एक डोज खोप दिने निर्णय भएको छ ।

खोप सल्लाहकार समितिका सदस्य डा। श्यामराज उपे्रतीका अनुसार विश्व स्वास्थ्य संगठनकोे अध्ययनपछि यस्तो निर्णय भएको हो ।

विभिन्न अध्ययनले भेरोसेल खोप लिएका बढी उमेरका व्यक्तिमा एन्टिबडी कम बनेको देखाएपछि विश्व स्वास्थ्य संगठनले थप एक डोज दिन सिफारिस गरेको छ । सोही अनुसार भेरोसेल खोप लिएका ज्येष्ठ नागरिकसहित जोखिम समूहलाई थप एक डोज खोप दिने निर्णय सरकारले गरेको छ ।

विश्व स्वास्थ्य संगठनकै नीतिअनुसार नेपालले यो समूहलाई थप एक डोज भेरोसेल खोप दिन लागेको उपे्रतीले बताए । विश्व स्वास्थ्य संगठनको स्वतन्त्र खोप सल्लाहकार समितिले विश्वभरि प्रयोग भएका कोभिड १९ विरुद्धका खोपहरूबाट निर्मित एन्टिबडीबारे अनुसन्धान गरेको थियो ।

समितिले निर्देशन दिएपछि संगठनले आफ्ना सदस्य राष्ट्रलाई भेरोसेल खोप लिएका ६० वर्षमाथिकालाई थप एक मात्रा खोप दिन निर्देशन दिएको हो । त्यही निर्देशनअनुसार नेपाल सरकारले यो समूहलाई खोप दिन लागेको खोप शाखा प्रमुख सागर दाहालले बताए।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्