Logo
Logo

कांग्रेस महाधिवेशनले रोकियो प्रहरीको सरुवा


300.5k
Shares


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको असर नेपाल प्रहरीमा परेको छ । महाधिवेशनका कारण देखाउँदै प्रहरीका नियमित सरुवा समेत रोकिएका छन् ।


गृहमन्त्री बालकृष्ण खाण महाधिवेशनमा व्यस्त हुँदा गृह प्रशासन अस्तव्यस्त छ । उनले मन्त्रालयका काम हेर्न नभ्याएको एक महिना भइसकेको छ । महाधिवेशनकै कारण देखाउँदै पार्टीका नेताहरुको सिफारिसका आधारमा हालै केही सरुवा गराएका थिए । तर, नियमित सरुवा भने रोकिएको छ । स्रोतका अनुसार महाधिवेशनको मुखमा नेताहरुको सिफारिस मान्नुपर्ने बाध्यता रहेको भन्दै उनले प्रहरीमा चरम राजनीतिक हस्तक्षेप गरेका थिए ।


साउनमै हुनुपर्ने इन्सपेक्टरको सरुवा अझै हुन सकेको छैन । महाधिवेशनपछि सरुवा गर्ने प्रहरी मुख्यालयको तयारी छ । चलखेलका कारणा लेखापालको सरुवा पनि हुन सकेको छैन । काठमाडौं परिसरका एसएसपी अशोक सिंहलाई पनि महाधिवेशन लगत्तै हटाउने तयारी छ । महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालको पनि एक वर्ष अवधि पुगीसकेको छ । जिल्लामा १५ महिना पुगिसकेका कतिपय अधिकृतलाई हटाइएको छैन । गत वर्ष पुसमा जिल्ला इन्चार्ज भएकाहरुलाई पनि हेरफेर गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्